Spread the love

नन्द न्युज सम्वाददाता १७ जेष्ठ ,सनिश श्रेष्ठ र केशु खड्काले ‘मिस्टर एण्ड मिस सुप्रान्यासनल २०२२’को उपाधि जितेका छन् ।

काठमाडौंको सोल्टी होटलमा आयोजित ग्रान्ड फिनालेमा श्रेष्ठले मिस्टर र खड्काले मिस तर्फको शीर्ष उपाधि जितेका हुन् । विजेता दुवैले ७ लाख रुपैयाँ बराबरको पुरस्कार र विभिन्न गिफ्ट हात पारे ।

मानसकुमार राई र अदिती अधिकारी फस्ट रनरअप अप घोषित भए भने अनिश कार्की र एरी तुलाधर सेकेन्ड रनरअप भए । विजेताद्वय श्रेष्ठ र खड्काले आगामी जुलाईमा पोल्याण्डमा हुने मिस्टर र मिस सुप्रान्यासनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

फिनालेको निर्णायकमा भरो भार्गोस (मिस्टर सुपरनेसनल २०२१), एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेसनल २०१९) र आन्द्रे स्ले (मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर) डा. सन्तोष उपाध्याय राष्ट्रिय निर्देशक मिस्टर एण्ड मिस सुप्रानेसनल नेपाल, सोनना अमात्य, किशोर महर्जन थिए ।

एक सय बढी आवेदकको अडिसनबाट २० प्रतिस्पर्धी छानिएका थिए । छानिएका प्रतियोगीले फाइनल अगाडि फिटनेस राउण्ड, ट्यालेन्ट राउण्ड, स्विम वेयर राउण्ड र टप मोडल राउण्डमा आफूलाई निखार्ने कार्य गरेका थिए ।

One thought on “सनिश र केशुले जिते मिस्टर र मिस सुप्रान्यासनल नेपालको उपाधि”
  1. That is a very good tip especially to those new to the blogosphere.

    Short but very accurate info… Thanks for sharing this one.
    A must read post!

Leave a Reply

Your email address will not be published. Required fields are marked *