FILE PHOTO: Metropolitan Museum of Art Costume Institute Gala - Met Gala - In America: A Lexicon of Fashion - Arrivals - New York City, U.S. - September 13, 2021. Justin Bieber in La Maison Drew. REUTERS/Mario Anzuoni
Spread the love

नन्द न्युज सम्वाददाता ३० जेष्ठ ,भाइरसका कारण अनुहारको आधा भाग नै पक्षघात भएका क्यानडेली पपस्टार जस्टिन बिबरको स्वास्थ्यलाभ हुने संकेत देखिएको चिकित्सकले जनाएका छन् ।

शनिबार एक भिडियो सन्देश जारी गर्दै ‘बेबी’ गायकले रामसे हन्ट सिन्ड्रोमबाट आफू संक्रमित भएको जनाएका थिए । उक्त सिन्ड्रोमले कान र अनुहारको नसामा असर भएको तथा दाहिने आँखा झिम्काउन नसकिरहेको उल्लेख गरेका थिए ।

बेलायतका प्लास्टिक कन्स्ट्रक्टिभ सर्जन तथा स्वास्थ्य च्यारिटी फेसियल पाल्सीका सहसंस्थापक चार्ल्स नुकाका अनुसार यस्तो संकेत देखिएका ७५ प्रतिशत बिरामीले समयमै उपचार पाए पूर्णरुपमा निको हुने बताए ।

‘बिबरले सेयर गरेको भिडियो हेर्दा मैले हल्का रिकभर भएको देखें, जुन उत्साहजनक हो,’ नुकाले रोयटर्ससँग भने, ‘अनुहार पक्षघातको सन्दर्भमा सबैभन्दा स्पष्ट कुरा भनेको बिरामीले आँखा झिम्काउन र पूर्णरुपमा बन्द गर्न असमर्थ हुन्छन् र उनीहरु मुस्कुराउन सक्दैनन् ।’

२८ वर्षीय गायकले आगामी शोमा आफूले शारीरिक रुपमा प्रस्तुति दिन नसक्ने जनाएका छन् । चिकित्सक नुकाले काममा फर्कनुअघि बिबरले आफ्नो शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुपर्ने सुझाए ।

तत्कालका लागि बिबरको विश्वव्यापी जस्टिन टुर स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *