Spread the love

नन्द न्युज सम्वाददाता ३१ जेष्ठ ,नेपाल कुमाल समाज रिठ्ठेपानी ईकाई समितिको अध्यक्षमा चेतबहादुर कुमार निर्वाचित भएका छन् । समाजको शनिबार सम्पन्न १२ औं साधारणसभा तथा छैंटौ अधिवेशनले चेतबहादुरलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

समाजको वरिष्ठ उपाध्यक्षमा नगेन्द्र बहादुर कुमाल, द्धित्तीय उपाध्यक्षमा कोपिला कुमाल, सचिवमा टोपबहादुर कुमाल, सहसचिवमा गंगादेवी कुमाल, कोषाध्यक्षमा बामबहादुर कुमाल, सहकोषाध्यक्षमा किसान कुमाल चयन भएका छन् ।

यसैगरी समाजको कार्यसमिति सदस्यहरुमा ईन्द्रबहादुर कुमाल, कुलबहादुर कुमाल, विष्णुबहादुर कुमाल, अञ्जु कुमाल, चन्द्रमाया कुमाल, सरोज कुमाल, कृष्णबहादुर कुमाल, कोपिला कुमाल, रुपा कुमाल, प्रकाश कुमाल, लोकबहादुर कुमाल, सोमबहादुर कुमाल र बस बहादुर कुमाल चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *