नन्द न्युज सम्वाददाता १२ असार,पोखरामा नृत्य निर्देशनमा रमाएका कोरियोग्राफर मिलन नेपाली राजधानी बाट मोडलिङमा पनि उदाउदै गरेका छन । ६० भन्दा बढी म्युजिक भिडियो मोडलिङ गरेर राजधानीमा मोडलिङ क्षेत्रमा आफ्नो राम्रो उपस्थिती जनाएकी मोडल रोशनी सङ्ग काम गर्न पाउदा मिलनले धेरै कुरा सिक्न पाएको बताएका छन ।उक्त्त गितले सन्तान सुखको बिषयबस्तु लाई उठाएको जानकारी दिनु भएको छ। राजधानीलाई केन्द्र बानाएर छायान्कन गरेको म्युजिक भिडियो चाडै रिलिजको तयारीमा रहेको छ ।

म्युजिक भिडियो छायान्कन २ दिनमा पुरा भएको र अहिले सम्पादनको काम भईरहेको छ ।
भिडियो निर्देशन सुर्य सुबेदीले गर्नु भएको छ र रेब्रेन पास्टर क्रुस सिङको लागानीमा उक्त्त भिडियो निर्माण भएको हो ।
उक्त्त गितमा स्वर शुस्मा बिस्वकर्मा र रन्जन राई रहेको छ ।