Spread the love

देवेन्द्र शाही असार २८ ,पछिल्लो समय बिदेश भने पछी हुरुक्क हुने युवाहरुको जमात छ । यस  मध्ये उच्च शिक्षा हासिल र रोजगारका लागी जाने गरेका छ्न् । उच्च शिक्षा हासिल गर्न जानेहरु बिदेशकै अवसर लाई सदुपयोग गरेको पाइन्छ । आफ्नो क्षमता त्यही प्रयोग गर्ने गर्छन् । धेरै लगानी लगाएर दुख गरेर अध्ययन गरेका हुन्छन र स्वदेशमा त्यही स्तरको रोजगार पाउन सकिने अवस्था देख्दैन्न बिदेश अध्ययन गर्न गएका बिधार्थीहरु त्यस कारण पनि नेपाल नआउने बिदेशका उचित अवसर लाई नछोडने र जिवनको उर्जावान समय बिदेशमै बिताउने गर्दछन । तर सबै त्यसता छैन्न केहि आफ्नो देशमा आफुले अध्ययन गरेका आफुले आर्जन सिपकला क्षमतालाई आफ्नै देशमा सदुपयोग गर्न र आफ्नै देश बिकाश गर्न फर्कने गरेका छन् । बिदेशमा राम्रो अवसर हुँदाहुँदै ,आफ्नै जन्मभुमीमा केहि गर्नुपर्छ भन्ने मुल उद्देश्य लिएर नेपालमा आएकी । लिटिल स्टार प्री स्कुल प्राचार्य सोबिता कोईराला सङ्गको कुराकानी

यहाँको जापान बसाइ कती भयो ?

सात बर्ष बसे धेरै कुरा सिक्ने अध्ययन गर्ने अवसर मिल्यो ।

जापानको बसाईले के के सिकायो ?

पहिलो कुरा त आत्माबिस्वासको बिकास गरायो र म नेपालबाट अध्ययन गरेर गएको मान्छे । हाम्रो देशमा अनुसन्धानात्मक अध्ययन हुँदैन।यहाँ नेपालमा किताब र गेस पेपर पढेर पास गर्ने चलन अहिले पनि छ । त्यहाँ अध्ययन गर्ने तरिका फरक छ । पुरै व्यवाहारिक रहेको छ । फिल्ड्मै काम गर्नुपर्ने अनुसन्धान गर्नुपर्ने तरिका रहेको छ ।खाली समयमा मैले जापानेज भाषा सिके र पछी जापानी भाषामै थेसिस लेखे ।

त्यहाँ अवसर हुँदा हुँदै नेपाल किन आउनु भयो ?

पक्कै यहाँले भने अनुसार म र मेरो श्रीमानको भविष्य राम्रो थियो । पहिलो मेरो देश र मेरो छोरीको लागी म आफ्नै देशमा आए , किनकी छोरी लाई होस्टेलमा राखेर जापानमा पाएको सफलता मेरो लागी ठुलो लागेन । र मेरो छोरीको आफ्नो देशमा हुर्किनु पाउनु छोरिको अधिकार हो । बालबालिकाको आमा बुवा सङ्ग बसेर हुर्कन पाउने अधिकार खोस्नु हुँदैन । यो कुरा मलाई लाग्यो र आफ्नो देशको बिकासमा कही कतैबाट जोडिने इच्छा थियो । आफुले सिकेका जानेका कुरा आफ्नै देशमा बाड्ने पनि मन भएकाले हामी दुबै जना देश फर्केर आयौ ।

तपालाई पछुतो छ अहिले देश फर्किनुमा ?

छैन कती पनि छैन आफ्नै देशमा  आफुले जानेका कुराहरु सिकाउने अवसर पाएको छु । शैक्षिक सस्था सन्चालन गर्न पाएको छु।धेरै बाबु नानीहरुको भविष्य निर्माण गर्न र  केहि लाई रोजागारी दिन पाएकी छु । यसैमा म सन्तुष्ट छु ।

जापानमा प्रशस्त अवसरहरु थिए मेरा लागी किनकी मेरो जापनेज भाषा पनि राम्रो थियो । मैले जापनेज भाषामै थेसिस गरेकी हु । मेरो श्रीमान पनि ईन्जिनियर हुनुहुन्छ । त्यही प्रोफेसर भएर बस्न सकिने थियो । हामी दुबै जनाको राम्रा अवसरहरु छोडेर हामी आफ्नै देश आयौ । सबै बिदेशकै अवसरमा खुशी हुने हो भने, हाम्रो देशमा अवसर को ले सिर्जना गर्ने । हामी आफुले जानेका कुरा स्वदेशमै सदुपायोग गर्नु पर्छ भनेर नेपाल आएका हौ । भन्नेले भन्छन किन नेपाल आउनु भयो जापानमा त्यस्ता राम्रा अवसर छोडेर मेरो जवाफ हुन्छ आफ्नो देश लाई छिमेकी भारत देशको छेउमा रहेको देशका हौ भनु भन्दा आफनी देशमा बसेर यही रोजगारी उत्पादन गरी आफ्नो देशमै बसेर राज्यलाई  कर तिरेर राज्य बिकासमा सहयोग गर्न सकिन्छ । अहिले यसरी शिक्षा क्षेत्रमा काम गर्न पाउदा र राज्यको एउटाा महत्वपुर्ण शिक्षा क्षेत्रमा मा आफ्नो योगदान गर्दैछु । यही नै मेरो खुशी हो । अब म मेरो देशका बालबालिकाको भविष्य निर्माणमा लागेकी छु । बालबालिकाहरु ले मलाई अफिसमा बस्ने भएकाले मलाई अफिस म्याम भनेर सम्बोधन गर्दा  भन्दा खुशी लाग्छ । यसरिनै सबै बिदेशका बुद्धीजिवी दाजुभाइ दिदी बहिनी आफ्नो सिपकला र क्षमातालाई आफ्नै देशमा सदुपयोग गर्न सकेमा देश बिकाश हुन समय लाग्दैन । यस बारेमा पनि हामी सबै जिमेवार नागरिकले सोच्ने बेला आएको छ । म यहाँ सशिक्षा क्षेत्रमा काम गर्दैछु सबैले आफुले दक्षता हासिल गरेका क्षेत्रमा योगदान गर्नु आजको आवश्यकता मैले महशुस गरेकी छु ।

लिटिल स्टार प्री स्कुल सन्चालन भएको कती भयो ?

एघार बर्ष भयो ।  म नेपाल आएको चाही बार्‍ह बर्ष भयो र नेपालमा बालबालिका बिकासको बिषयलाई अनुसन्धान गरेर बालबालिकाको शिक्षाको बारेमा काम गर्नुपर्छ भनेर लिटिल स्टार प्री स्कुललाई स्थापना गरे ।अहिले मन्टेश्वरी आवश्यक छ । बालबालिकाको शिक्षाको मुल आधार वा जग बसाउन हो , त्यसैले सबै अभिभावक लगायत सबै सरोकार निकायले बुझ्नु अति आवश्यक छ । 

पछिल्लो समय मन्टेश्वरी स्कुल स्थापनाले पनि बालबालिकाको भविष्य निर्माणमा सहयोग पुग्छ होला है ?

नेपालको परिवेश हेर्न हो भने पुर्ण मन्टेश्वरी शिक्षा लाई प्राथमिकता दिएको छैन शिक्षा नियमवलीनै यस्तो छ । हामिले एक लेभल सम्म बालबालिका लाई सिकाउछौ तर फेरी माथी को कक्षा अध्ययन गर्न अर्को आधारमा जानु पर्ने हुन्छ । अब पुर्ण मन्टेश्वरी औंलामा गन्न सकिने अवस्था हाम्रोमा छ। यसलाई बृद्धी बिकासमा राज्यको दायित्व रहेको छ । बालबालिका भोलीका देशका कर्णधार हुन । त्यसैले हरेक बालबालिकाले आफ्नो बाल अवस्थामा नै आफ्नो बौधिक आधार तयार गर्न पाउनु पर्छ ।बालबालिकाका लागी बिशेष बिधालय बिस्तारै बिकास हुनु भनेको सकारात्मक पक्षा हो हामी सबै का लागी ।

बालबालिकाको शिक्षामा सरकारको भूमिका कस्तो हुनुपर्ने हो ?

खासमा नेपाल सराकरले माथिल्लो तहको शिक्षा प्राथमिकता रहेको छ । जस्तो माथी तहाका बिधार्थीहरु लाई लगानी गरे झै बालबालिकामा पनि राज्यको  लगानी भएमा बालबालिकाको बाल शिक्षा आधार वा जग बलियो हुन्छ । त्यसैले यता पनि राज्य को ध्यान हुनु आवश्यक छ ।

बालबालिकाहरु यसरि तपाइको स्कुलमा भर्ना भएपछी तपाइले बालबालिकाको क्षमता यो किसिमको छ भनेर छुट्याउन सक्नु हुन्छ वा क्षमता पहिचान गर्न सक्नु हुन्छ ?

अवस्य पनि हरेक बालबालिका वा मान्छे फरक फरक बिशेषता लिएर जन्मेका हुन्छन । हामि बालबालिकाले कुन रङ्ग छनोट गर्‍यो कुन खेलकुदका समानहरुमा रुची राख्यौ यि कुरा लाई हामी  नियाल्छौ र भोली बालबालिकाको भविष्य यो क्षेत्रमा बनाउन सक्छ भनेर अनुमान लगाउन सक्छौ ।

हैन बालबालिकाहरुको शिक्षा महँगो भयो जस्तो लाग्दैन र ?

हो सबै लाई यो लाग्छ तर हामिले बालबालिकाहरुको लागी आवश्यक बस्तुहरु उप्लब्ध गराउछौ ति समान वा बस्तुहरु महँगो हुन्छ  कतिपय समान नेपाल भन्दा बाहिर बाट मगाउन पर्छ । नेपालमा उत्पादन हुँदैन अनि बाहिर बाट आउँदा पक्कै पनि महँगो हुन्छ । मैले एउटा सानो समान लिन काठमाण्डौको भेडा सिङ्ग जानु पर्छ ।त्यो पनि बाहिरबाट आउछ । सबै कुरा बाहिरबाट आउँदा पक्कै पनि त्यसको प्रभाव पर्छ । त्यसैलाई महँगो भनिदिन्छ ।

कती बर्ष सम्म प्री स्कुलमा बस्न सक्छ्न ?

हाम्रोमा त ८ वा ९ बर्ष पछी पास आउट हुन्छ्न ।  मेरो चाहाना भनेको प्री स्कुलको बिकास हुनुपर्छ ।

अभिभावकको अहिले प्री स्कुल वा मन्टेश्वरी प्रती कस्तो पाउनु भा छ ?

मैले एउटा लेख लेख्दै छु अभिभावकको मनोबिज्ञान सम्बन्धी । अहिले अवस्था यस्तो आएको छ कि बालबालिका लाई प्री स्कुल वा मन्टेश्वरीमा केहि बर्ष राख्नु पर्छ ,भन्ने मनोबिज्ञान बिकाश भएको पाईन्छ । अहिले पहिले भन्दा बुझ्ने भएका छन । यो हामी सबैका लागी खुशीको कुरा हो । बालबालिकाको सिकाइ प्रती सबैको जनचेतना स्तर बिकास भएको छ ।

हामी सबै शहर केन्द्रीत छौ गाउमा प्री स्कुलको बिकास कहिले हुन्छ ?

सत्य हो हामी बिस्तारै गाउमा पनि जानु पर्छ । तर गाउमा सयुक्त परिवार हुने भएकाले बालबालिकालाई सामजिक करण हुन्छ । घरमा हजुरबुवा हजुरआमा र छरछिमेकी पनि आउने बोल्ने गर्छन तर शहरमा त्यो अवस्था छैन किनकि शहरमा सबै आ आफ्नो काममा व्यस्त हुन्छन । त्यसै परे छेउमै कोठा बस्ने मान्छे लाई हामी चिन्दैनौ र कोही कसै सङ्ग बोल्दैनौ । अब शहरका बालबालिकाको लागी सिकाइ साथै समाजिकीकरणका लागी पनि प्री स्कुल आवश्यकता हो ।

प्री स्कुल र मन्टेश्वरीमा दक्ष शिक्षक शिक्षिकाको अभाव छ र ?

पक्कै पनि अभाव छ । आवश्यक समान बस्तुहरु त किन्न सकिन्छ । तर ति बस्तु लाई उपयोग गर्न सक्ने र दक्ष ता भएका शिक्षक शिक्षिका पनि हुनुपर्छ । हामिले तालिम दिएर दक्ष बनाउछौ तर कुनै पनि पेशा व्यवसायमा सम्मन हुनुपर्ने हुन्छ ।  हाम्रो कामको सम्मान दिने परिचलन छैन । बिदेशको सन्दर्भ मा प्री स्कुलका शिक्षक शिक्षिकाको तलब पनि उच्च हुन्छ । मान सम्मान पनि त्यसरि नै दिने प्रचलन छ । अब हाम्रो शिक्षिक शिक्षिकाको भूमिका आमा बुवा भन्दा दोब्बर हुन्छ । त्यसै कारण हामिले सबैले  हरेक पेशा लाई सम्मान गर्न सक्नु पर्छ । सम्मान र माया हुँदैन अनि त्यो तलब को  पनि चित्त बुझ्दो हुँदैन र पो केहि  समय प्री स्कुल र मन्टेश्वरीमा अनुभव गर्छन । त्यस पछी अन्य ठाउमा वा बोर्डिङ्ग स्कुलमा जाने गरेका छ्न । स्वभाविक पनि हो जहाँ मान सम्मान र तलब राम्रो पाउछन त्यहाँ जान्छन ।

शिक्षा क्षेत्रमा के कुराको अभाव पाउनु भाछ यहाँले ?

अनुसन्धान र अनुगमन को अभाव छ । सरोकार निकाय बाट बेला बेला मा अनुगमन गर्ने शिक्षा कस्तो हुँदैछ । बालबालिका को सिकाइ स्तर कस्तो छ । र स्कुल सन्चालन गर्ने काम निकै कठिन कार्य हो । भविष्य निर्माण गर्ने सस्था हो त्यसैले सन्चालन गर्ने व्यक्ती को क्षमता छ वा छैन । यि कुरा हरु लाई ध्यान दिएर बल्ल स्कुल सन्चालन को अनुमती दिए पक्कै पनि सबै बालबालिका ले गुणस्तर शिक्षा पाउछन ।

प्राचार्यको जिमेवारी बहन गर्न कती गार्‍हो छ ?

गाह्रो त घरमै बस्न पनि गार्‍हो छ । एउटा बालबालिकाको भविष्य उज्वल बनाउने सस्था सन्चालन गर्न त गार्‍हो हुने नै भयो । तर आत्मा खुशीको कुरा महत्वपुर्ण हो । अब कर्मचारीहरु लाई व्यवस्थापन देखी लिएर बालबालिकाको हरेक सेकेन्डको चिन्ता हुन्छ । खासमा घर पुगेपछी स्कुलको जिमेवारी हुँदैन भनिन्छ । तर मेरो हकमा सबै सङ्ग माया ममता हुने भएकाले चिन्ता हुन्छ । घरमा सुरुक्षित सङ्ग पुगे कि नाइ सिकाइको बिकास कसरी गुणस्तर बनाउने यस्ता चिन्ता हुन्छन । र खुशी पनि लाग्छ यहाँ बाट पास भएर अरु स्कुलमा राम्रो अन्क ल्याएर पास भएको कुरा सुन्दा अभिभावक सङ्ग भेटघाट हुँदा भलाकुसारी हुँदा यस्तो लाग्छ राम्रो कार्य गरेको छु लाग्छ यस्तो खुशी को अगाडी गार्हो भने कुरा त केहि होइन नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *