नन्द न्युज सम्वाददाता २९ असार,रणबीर कपूर हालै इन्स्टाग्राम इन्फ्लुएंसर डोली सिंहसँग शमशेराको प्रवर्द्धनात्मक अन्तरक्रियामा देखिए । रणवीरले डलीलाई आफू पढाइमा राम्रो नभएको स्वीकारे । कपूरका अनुसार उनी कक्षा १० मा उत्तीर्ण हुँदा परिवारले पार्टी आयोजना गरेको थियो । नगरुन पनि किन, रणवीरले उनको परिवारमा १० कक्षा पास गर्ने पहिलो पुरुष बनेका थिए ।
भिडियोमा डली राजुकी आमाको भूमिकामा देखिएकी छन् । उनले रणवीरलाई १० कक्षा पास गरेपछि कपूरले विज्ञान छानेको की गणित भनेर सोध्छिन् । जवाफमा रणवीरले आफूले एकाउन्टिङ लिएको बताउँछन् । त्यसपिछ रणवीरले आफू पढाईमा धेरै कमजोर रहेको बताए ।
डलीले रणवीरलाई कक्षा १० को अंकबारे सोध्दा अभिनेताले ‘मेरो ५३.४ प्रतिशत आएको थियो । यो नतिजामा पनि मेरो परिवार धेरै खुसी थियो । उनीहरूले मेरो लागि ठूलो पार्टी आयोजना गरेका थिए । मेरो परिवारका पुरुषहरुमध्ये म १० कक्षा उत्तीर्ण गर्ने पहिलो भएको थिएँ । ’
डलीले कपूर परिवार पढाइमा कमजोर भए पनि अभिनयमा उत्कृष्ट रहेको बताइन् । जसको जवाफमा रणवीरले धन्यवाद भने । रणवीरले यसअघि नै सन् २०१७ मा एक अन्तर्वार्तामा आफू आफ्नो परिवारको सबैभन्दा शिक्षित व्यक्ति भएको बताएका थिए ।
‘मेरो परिवारको शैक्षिक इतिहास त्यति राम्रो छैन । मेरो बुवा ८ कक्षामा र हजुरबुवा ६ कक्षामा फेल हुनुभयो । म मेरो परिवारको सबैभन्दा शिक्षित व्यक्ति हु ,’ स्कुले पढाईपछि रणवीरले विदेशमा अभिनय र फिल्म निर्माणको कक्षा लिएका थिए ।
रणवीर कपूरको आगामी प्रोजेक्टहरू
रणवीरको आगामी प्रोजेक्टहरूमा हालसम्म शीर्षक नराखिएको लभ रञ्जनको एक रोमान्टिक कमेडी फिल्म छ । यसमा उनी श्रद्धा कपूरको अपोजिटमा देखिनेछन् ।
यससँगै रणवीरले करण मल्होत्रा निर्देशित फिल्म शमशेरामा पनि मुख्य भूमिका निभाएको जुन फिल्म दुई हप्तापछि रिलिज हुँदैछ । फिल्ममा रणवीरसँगै वाणी कपूर र सञ्जय दत्त पनि छन् । यसका अतिरिक्त रणवीर र रश्मिका मन्डनाको फिल्म एनिमल पनि बन्दैछ ।