Spread the love

नन्द न्युज सम्वाददाता ३२ असार,प्रथम दिनको क्याविनेट बैठक पोखरा-१२ स्थित के.सी बैङ्क्वैटमा असार ३१ गते शुक्रबार बसेको थियो।आदरणिय डिष्ट्रिक्ट गभर्नर लायन ध्रुव श्रेष्ठज्युको सभापतित्वमा बसेको बैठकमा भाईष डिष्ट्रिक्ट गभर्नर द्वय लायन हरि प्रसाद मरहठ्ठा तथा लायन मिलन थापा,पुर्व मल्टिपल काउन्सिल चेयरपर्सन लायन प्रेम बहादुर श्रेष्ठ,पुर्व डिष्ट्रिक्ट गभर्नर लायन ध्रुव थापा,पुर्व डिष्ट्रिक्ट गभर्नर लायन योगेन्द्र प्रधान तथा ९१ जना क्याविनेट पदाधिकारीज्युहरुको उपस्थितिमा विभिन्न छलफल,निर्णयहरु संपन्न भएको छ।
दोस्रो दिनको कार्यक्रम पोखरा सभागृहमा आयोजना गरिएको थियो।गण्डकी प्रदेशका प्रथम प्रदेश प्रमुख बाबुराम कुंवरज्युको प्रमुख आतिथ्यता तथा डिष्ट्रिक्ट गभर्नर लायन ध्रुव श्रेष्ठज्युको सभापतित्वमा अन्तर्राष्ट्रिय निर्देशक समीर अबु समाराज्युले डिष्ट्रिक्ट गभर्नर देखि डिष्ट्रिक्ट कमिटीमा रहनुभएका संपूर्ण पदाधिकारिज्युहरुलाई पदस्थापित गराउनुभएको थियो।कार्यक्रममा मिस नेपाल-०२२ प्रियङ्का रानी जोशी लाई संमान तथा अन्तर्राष्ट्रिय क्षेत्रको सुन्दरी प्रतियोगितामा आगामी दिनमा नेपालको प्रतिनिधित्व गर्न लाग्नु भएकोमा शुभकामना व्यक्त गरिएको थियो।लायन्स परिवारको तर्फबाट नव निर्वाचित पोखरा महानगरपालिकाका मेयर लायन धनराज आचार्य तथा संपूर्ण वडा अध्यक्षज्युहरुलाई संमान व्यक्त गरियो।
कार्यक्रमको दोस्रो चरणमा लायन्सका विविध गतिविधिमा उत्कृष्ट कार्यसंपादन गर्ने लायन लिडरज्युहरुलाई पुरस्कृत गरिएको थियो ।

लायन्स अन्तर्राष्ट्रियका पुर्व निर्देशक लायन संजय खेतान, कानुन तथा संचार मंन्त्री माननीय लायन विन्दु कुमार थापाज्युहरुले मन्तव्य ,प्रथम भाईस गभर्नर लायन हरि प्रसाद मरहठ्ठा,दित्तिय भाईस गभर्नर लायन मिलन थापाज्युहरुले धन्यवाद ज्ञापन तथा पुर्व गभर्नर लायन ध्रुव थापा तथा लायन योगेन्द्र प्रधानज्युहरुले अतिथीज्युहरुको परिचय प्रस्तुत गर्नुभएको कार्यक्रम संचालन डिष्ट्रिक्ट क्याविनेट सचिव,म,लायन मधुसुदन कोईरालाले गरेको थिएं।
कार्यक्रमका आयोजक कमिटीमा रहनु भएका संपूर्ण सदस्यज्युहरु ,होस्ट क्लब लायन्स क्लब अफ पोखरा गण्डकी तथा पोखरा अन्नपूर्ण परिवार प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *