Spread the love

नन्द न्युज सम्वाददाता ३ साउन ,बलिउड अभिनेत्री कंगना रनौट हरेक दिन केही न केही नयाँ कुरालाई लिएर चर्चामा छाउँछिन् । केही अगाडि फिल्म ‘धाकड’ अभिनयको कारण चर्चामा छाएकी उनी अहिले फिल्म ‘इमर्जेन्सी’ ले चर्चामा छिन् ।

‘इमर्जेन्सी’ उनले नै निर्देशन गर्न लागेको फिल्म हो । देशको सबैभन्दा ठूलो राजनीतिक घटनामा आधारित फिल्ममा उनी आफै पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिँदैछिन् ।

फिल्मको फष्टलुक हालै सार्वजनिक भएको थियो । फिल्म आफैले निर्देशन गर्ने कंगनाले एक मिडिया अन्तरवार्तामा बताएकी थिइन् । ‘मैले निर्देशन गरेको पछिल्लो फिल्म मणिकर्णिकाः द क्वीन अफ झाँसीले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । त्यस बेलादेखि म फिल्म निर्देशन गर्ने सोचमा थिएँ, तर मसँग धेरै अभिनयका प्रोजेक्ट थिए । त्यही भएर मैले निर्देशनका लागि समय निकाल्न सकिनँ,’ उनले भनिन् ‘अब मसँग समय छ र मलाई लाग्छ कि म मानिसहरूको नाडी जान्दछु ।’

सन् २५ जुन १९७५ मा इन्दिरा गान्धीको नेतृत्वमा रहेको कांग्रेस सरकारले देशभर सङ्कटकाल लगाएको थियो । यो कथामा फिल्म बन्न लागेकोमा दर्शक पनि उत्साहित छन् । फिल्म २५ जुन २०२३ मा रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *