Spread the love

नन्द न्युज सम्वाददाता १६ साउन ,रञ्जन राई र सुष्मा बिश्वकर्माको स्वरमा रहेको ‘त्यो प्रेम’ गितको भिडियो शुक्रबार सार्वजनिक भएको छ । रेभेरेन्ड पास्टर क्रुस सिंहको शब्द, संगित रहेको गितमा संगित संयोजन विशाल निरौलाले गरेका छन् । कलाकार सूर्य सुबेदीको पटकथा तथा निर्देशन रहेको म्युजिक भिडियोको सह–निर्देशन कलाकार उज्ज्वलराज ढकालले गरेका हुन् । रोशनी कार्की र मिलन नेपालीको मुख्य अभिनय रहेको भिडियोमा फादर दिपेश सुनार लगाएतका कलाकारहरुले साथ दिएका छन् ।

बाइबल ग्रन्थको लुका अध्यायमा समेटिएका केही बुँदाहरुको भावबाट रिफ्रेन्स लिएर भिडियो निर्माण गरिएको निर्देशकले जानकारी दिए । नारी निशन्तान हुँदाको पिडा र सन्तान प्राप्ती पछीको खुसीलाई निर्देशक सुबेदीले भिडियोमा कलात्मक ढंगबाट प्रस्तुत गरेका छन् । पोखरा थिएटरमा बिगत लामो समय देखि अभिनयमा सक्रिय रहदै आएका सुबेदीले यस अघि छोटा चलचित्र ‘लव ड्रप्स’ को निर्देशन गरिसकेका छन् ।

रेभेरेन्ड पास्टर क्रुस सिंहको लगानीमा बनेकोे भिडियोको छायांकन तथा सम्पादन बिकेश मगरले गरेका हुन् । बुढासुब्बा डिजिटल यूटुब च्यानलबाट सार्वजनिक गरिएको गितको निर्माण व्यबस्थापनको काम सन्दिप पाण्डेले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *