Spread the love

बिष्णु हमाल अध्यक्ष-फलफुल तथा तरकारी थोक व्यवसाय सघ कास्की,

नन्द न्युज सम्वाददाता २६ साउन, २० बर्ष देखी फलफुल तथा तरकारी पेसा गर्दै आएको छु । कुनै पनि पेशामा सफल हुनका लागी धैर्य लगनशिलता अति आवश्यक हुन्छ । हरेक पेशामा आ-आफ्नै दुख हुन्छ्न । अब दुख छ भनेर पेशालाई निरन्तरता दिन छोड्नु हुँदैन । जती पनि मानिस सफल भएका छन । वहाँहरुको निरन्तरतालेनै सफल भएका हुन । पेशा अगाडी बढाउने क्रममा समस्या आउछ्न समस्या आयो भनेर बिदेश जानु पर्छ भन्ने छैन । बिदेशमा पनि मेहनत गर्नुपर्छ । हामी सुन्छौ त्यहाँ पनि दुख छ भनेर हाम्रै साथीभाइले भन्नु हुन्छ । आफ्नो देशमा बस्नु , आफ्नो घरपरिवार सङ्ग रमाउनु पाउनु जती ठुलो कुरा के हुन सक्छ र अहिले पनि हामीले हाम्रो देशमा सम्भावना देख्न सकेका छैनौ । केहि समय पहिले यही हाम्रो फलफुल थोक व्यवसायमा हाम्रो छिमेकी राष्ट्रका मित्रहरुको बाहुल्य थियो । पछिल्लो समय हामी पनि सकृय भयो । आज हाम्रो सहभागिता ५० प्रतिशत छ । धेरै साथीहरुले यही पेशाबाट छोराछोरी लाई राम्रो कलेजमा पढाएका छन , साथै आफु पनि व्यवस्थापन भएका छन । मेरो बुझाइमा कुनै पनि पेशामा सफल हुन सकिन्छ बस दुख गर्न सक्नु पर्‍यो । हाम्रो फलफुल तथा तरकारी थोक व्यवसायमा अलि बढी दुख अवश्य छ र यो पेशामा अलि बढी नै जिम्मेवार पनि हुनु पर्छ ।

> फलफुल तथा तरकारी थोक व्यवसायीहरुको अहिलेको अवस्था कस्तो छ ?

पछिलो समयमा केहि अवस्था सुध्रेको छ । बिस्तारै अब व्यवसायीहरु आफ्नो व्यवसायीलाई अगाडी बढाउदै छन । कोभिडले सारा सन्सार लाई नै अप्ठारो पार्यो । हामी पनि यसबाट अछुतो रहेनौ । आर्थीक रुपले हामी अहिले पछाडी परेका छौ । तर पनि हामी आफ्नो व्यवसाय उत्साह पुर्ण साथ गर्दैछौ ।

> फलफुल तथा तरकारी थोक व्यवसायमा अलि रिक्स बढी हुन्छ अथवा जिम्मेवारी बढी हुन्छ ?

पक्कै पनि यो पेशा शाहसी ले गर्ने पेशा हो । किनकि यो पेशामा दुख त हुन्छ साथै रिक्स पनि हुन्छ । किनकि यहाँ समयमै हामिले फलफुल तथा तरकारी उपभोक्तामा पुगाउन सकेनौ भने चाडै खराब हुने गर्दछ । त्यो रिक्स पनि छ साथै उपभोक्ता लाई ताजा फलफुल र तरकारी पुगाउनु पर्छ । यो हाम्रो जिम्मेवारी हो । यो कुरा हामिले ध्यान दिनुपर्छ किनकि हामी यस्तो पेशामा छौ । मानव लाई अति आवश्यक बस्तुहरु द्वारा सेवा गर्छौ । यो सेवा मुख पेशा हो । यो जानकारी हामी व्यवसायीहरु लाई छ । त्यसैले हामी रिक्स लिन सक्छौ ।

> तपाइको कार्यकाल कती समयको हुन्छ ? तपाइको कार्यकालमा के के गर्ने कार्ययोजना छ ?

फलफुल तथा तरकारी थोक सघ कास्कीको अध्यक्षको कार्यकाल तीन बर्षको हुन्छ । र मेरो कार्यकाल शुरुवात भएको केहि समय मात्र भएको छ । कार्ययोजना पक्कै पनि छ । खासमा मलाई एउटा शब्द देखी निकै चित्त दुख्छ । हामिलाई बिचौलिया भनिन्छ । यो शब्द नै कस्तो सुन्दा पनि गार्हो लाग्छ । पहिलो कुरा म यो शब्द लाई चिर्न चाहान्छु । हामी थोक व्यवसायी हौ र हामिले सेवा गरेका छौ हामिले रिक्स मोलेका छौ । यो कुरा सबैलाई बुझाउन चाहान्छु साथै फलफुल तथा तरकारी थोक व्यवसायीहरुको हित का लागी मेरो कार्यकाल मात्र नभइ सधै म व्यवसायीहरुको समस्या समाधानका लागी तयार रहने छु । किनकी आज जे छु जुन अवस्थामा छु यही पेशाले छु । त्यसैले म मेरो पेशा लाई सम्मान गर्छु ।

> फलफुल तथा तरकारी थोक व्यवसायमा युवायुवतीको भविष्य छ वा छैन ?

कुनै पनि पेशामा भविष्य बनाउने हो । मेरो बिचारमा यो पेशामा दुख पनि छ र सुख पनि छ । दुख यस मानेमा छ । बिहान ३ बजे बाट काममा खटिनु पर्छ । सुख के छ भने काम गरे पछी दाम आउने कुरा हुनेनै भयो । आर्थीक प्रगती पनि हुन्छ । यो हेर्दा सुख पनि भयो । अब कुरा गरौ युवायुवतीका स्वदेश मा गर्ने कि बिदेशमा दुख गर्ने यो चाही सोच्ने अहिलेका शिक्षित युवायुवती को कुरा हो । बिदेश गए पनि दुख गर्नु पर्ने हुन्छ आफ्नो देशमा पनि दुख गर्नु पर्ने हुन्छ कुन रोज्ने यो कुरा महत्वपुर्ण रहेको छ । अब हामिले आफ्नो देश आफ्नो माटोमै दुख गर्यौ र अब हाम्रो चाहना भनेको स्वदेश मै दुख गरुन । आफ्नै परिवार सङ्ग बसेर कमाउन रमाउन चाहाना हो ।

बिष्णु हमाल अध्यक्ष-फलफुल तथा तरकारी थोक व्यवसाय सघ कास्की,

> बजारमा अरु पेसा अथवा जागिर नपाए गरिने पेशा हो ?

त्यसो पनि भन्न मिल्दैन किनकि पछील्लो समय बिदेश गएर स्वदेश फर्केर काम लाई सम्मान गर्न सिकेर पनि युवा युवतीहरु स्वदेशमा यही क्षेत्रमा धेरै राम्रो प्रगती गरेका छन । साथै शिक्षा लिएर पनि यो पेशामा कर्म गरेका थुप्रै साथीहरु छन । अब पहिलेको तुलनामा अहिले परिवर्तन भएको छ । हामी आम नेपालीले पनि काम लाई सम्मान गर्न थालेका छन । यो राम्रो पक्ष हो । सबैको पहिलो रोजाइ नहुन सक्छ तर पनि पेशा व्यवसाय लाई बुझेपछी, यो पेशामा सघर्ष गर्नेहरु छन ।

> फलफुल र तरकारी थोक व्यवसाय गर्दा ध्यान दिनु पर्ने कुराहरु के के हुन ?

हरेक कुराको ज्ञान हुनु आवश्यक छ । यो पेशामा पनि ज्ञान लिनु आवश्यक छ । मौसमी फलफुल र तरकारीको बारेमा जानकारी साथै ताजा फलफुल र तरकारी समयमै उपभोक्ता सम्म कसरी पुगाउने र लगानी कती गर्ने । कुन फलफुल र तरकारी कहाँ उत्पादन भएको हो । कती समयमा खराब हुन्छ । फलफुल तरकारी खराब हुन बाट जोगाउने तरिका इत्यादी बारे जानकारी राख्नु पर्दछ । अथवा ज्ञान हुनुपर्दछ । यहाँको प्रचलन के छ भने अरुले व्यवसायबाट राम्रो आम्दानी गरेको देखेर झ्वाम्मै हाम फालिहाल्ने अर्थात व्यवसाय शुरुवात गरिहाल्ने चलन छ । पहिले त्यो व्यवसाय बारे ज्ञान लिएर गर्दा लगानी डुब्ने सम्भावना कम हुन्छ ।

>सानो लगानी बाट पनि फलफुल र तरकारी थोक व्यवसाय गर्न सकिन्छ ?

व्यवसाय गर्नेनै थोरै लगानी बाट हो । हाम्रो बिचार के हुन्छ भने ठुलो पुजी भए मात्र व्यवसाय गर्ने सोच हुन्छ । तर खासमा सानै लगानीबाट शुरुवात गर्ने हो । हाम्रो छिमेकी राष्ट्रका मित्रबाट पनि हामिले यि कुरा सिक्नु पर्छ । सानो लगानी गरेर राम्रो आम्दानी गरेका छन । सो हामी पनि सानो लगानीबाट शुरुवात गर्न सक्छौ । हाम्रा धेरै साथीहरुले सानो लगानी बाट शुरुवात गरेका हुन । अहिले साथिहरुले राम्रो प्रगती गरेका छन ।

> फलफुल र तरकारी थोक व्यवसायका समस्या र चुनौती के के छन ?

हरेक व्यवसायका आ-आफ्नै समस्या र चुनौतीहरु छन । अब यो पेशाको कुरा गर्ने हो भने हामी परनिर्भर छौ । केहि समय पहिले हामीले छिमेकी राष्ट्रको निर्भर बढी थियौ । पछील्लो समयमा अलि कम भएको छ । बिदेशबाट स्वदेश फर्केर युवाहरुले फलफुल तथा तरकारी उत्पादन क्षेत्रमा काम गर्न थाले पछी भने अहिले आफ्नै माटोमा उत्पादन फलफुल तथा तरकारी हामी सबैले उपभोग गर्न पाएका छौ । छिमेकी राष्ट्रबाट फलफुल भित्र्याउदा अहिले पनि फलफुल तथा तरकारी खराब हुने सम्भावना हुन्छ । बढी रिक्स हुन्छ । घाटा व्यहोर्ने त हामिले नै हो । त्यस कारण आफ्नो देश भित्र उत्पादन भएको भए सहज हुन्छ । देश भित्रको उत्पादन बस्तु चाडो प्रयोग गर्न सक्छौ । मुख्य समस्या भनेको हामी उत्पादन आफ्नो देशमा गर्न नसक्नु हो ।

> यही उत्पादन भएको फलफुल र तरकारिले मुल्य पाउदैन वा बजार पाउदैन नि होइन र ?

हो अब हामी सबैले यो कुरामा ध्यान दिनु पर्छ । आफ्नो देश मा उत्पादन भएको ताजा फलफुल तथा तरकारीको उचित मुल्य दिनुपर्छ । यसमा हामिले मात्र भनेर हुँदैन समग्र राज्य को भूमिका रहन्छ । सबैले उत्पादन लाई ध्यान दिनु पर्छ । स्वदेशमा रहेका युवालाई उत्पादन तर्फ जोड्नु पर्छ । हामी ७० प्रतिशत अहिले पनि छिमेकीको भर पर्नुपर्छ । हाम्रो देशमा उत्पादन बढाउने र स्वदेशको उत्पादनको लागी बिशेष बजार ब्यवस्थापन गर्ने हो भने पक्कै पनि कृषीमा युवाशक्त्ती सदुपयोग गर्न सकिन्छ ।

> कहिले सम्म हामी छिमेकी राष्ट्रको भरमा रहन्छौ ?

यो चिन्ता को बिषय हो । चाडो भन्दा चाडो हामी सबैले उत्पादनमा ध्यान दिनैपर्छ । राज्यलाई गाली गरेर मात्र हुँदैन । हामी सबैले आ-आफ्नो ठाउबाट के गर्न सकिन्छ । कसरी उत्पादन बढाउन सकिन्छ । साथै अघिनै भने उचित मुल्य निर्धारणका कुरालाई कसरी व्यवस्थापन गर्न सकिन्छ । यि सम्पुर्ण कुरामा ध्यान दिनु आवस्यक रहेको छ । मुख्य गरी कृषकहरुलाई राहत देखी लिएर कृषी पेशा अगाल्नमा प्रोत्साहित गर्नु पर्‍यो । जब प्रशस्त उत्पादन हुन्छ । तब हामी आत्मानिर्भर हुन्छौ । अब अहिले यती समय लाग्छ भन्न सकिने अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *