पोखरा कात्तिक ३ नन्द न्युज , प्रदेश सभा सदस्य प्रत्यासी उम्मेदवार वेद ब गुरुङ्ग (श्याम)र समानुपतिक प्रदेश सभा सदस्य नन्दा कला नेपाली घरदैलो कार्यकम गर्दै पोखरा महानगरपालिकाको वडा नम्बर २८ कालिकामा पुगेका छन् । २८ का वडाबासी भेटघाट सङ्गै त्यहाका मुख्य समस्या के के छन् । गत बर्षमा समाधान भए नभएका काम कार्यहरुको अनुगमन गर्दै गरेका छन् । वडाबासीहरु पनि आ आफ्ना समस्या लगायत वडामा रहेका समस्याहरु प्रत्यासी उम्मेदवार समक्ष राख्दैछन् । आउँदा वर्षमा वडाका समस्या समाधानमा लाग्न सबै दलका नेता कार्यकता लाई अनुरोध गर्ने गरेको त्यहाँका वडाबासीहरु बताएका छन् । घर घरमा प्रत्यासी उमेदवार लाई देख्दा वडाबासी अहिले दङ्ग छन् । भोलिका दिनमा पनि यसरी नै गाउँघरका समस्या समाधान लागि पनि आउनु पर्छ भन्ने भनाई राखेका छन् । स्थानीय सरकार ले विगतमा गरेका कार्यले पनि वडाबासीहरु अहिले उत्साहित भएका छन् । अब घरदैलो कार्यक्रम निर्वाचन आयोगले तोकेको समय अवधि सम्म लाई तिव्र गतिले अगाडि बढाउने जानकारी रवि क्षेत्री ले जानकारी दिनु भएको छ ।