पोखरा कात्तिक ३, नन्द न्युज मिस सुनार विश्वकर्मा नेपालको ग्रान्ड फिनाले शनिबार कार्तिक ५ गते हुने भएको छ । पोखरा ९ नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा शनिबार दिउँसो हुने ग्रान्ड फिनालेमा १६ जना प्रतिस्पर्धी सहभागी रहेका छन् ।
यसअघि मिस सुनारको दुई ओटा इभेन्ट सफलता पूर्वक सम्पन्न गरेको आयोजक प्रतिक इभेन्टका अध्यक्ष प्रतीक सुनारले जानकारी दिनु भयो । यसपाली फिनालेमा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यता रहने छ । फिनालेमा विभिन्न राउण्ड रहनेछन् जस्तै परिचय राउन्ड, प्रश्नउत्तर राउन्ड, अन्तिम चरण गरि बिजेता घोषणा गरिनेछ ।
मिस सुनारको ताज जित्ने ले स्कुटर, चाँदीको क्राउन, ट्रफी, म्युजिक भिडियो, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ । त्यस्तै फस्ट रनरअपले ५० हजार ,चाँदीको क्राउन,ट्रफी, म्युजिक भिडियो, प्रमाणपत्र र सेकन्ड रनरअपले २५ हजार ,चाँदीको क्राउन, ट्रफि म्युजिक भिडियो, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विश्वकर्मा समुदायमा जातीय आत्मविश्वास बढाउन तथा प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले विगतका वर्षहरुदेखि मिस सुनारको आयोजना गरिएको अध्यक्ष प्रतिकले बताए । उनले भने, ‘दलित समुदायका आजका जेनेरेसन पनि जातकै कारण आफुलाई अगाडि ल्याउन सकिरहेका छैनन, समाजमा रहेको जातीय विभेदविरुद्ध लड्ने आत्मविश्वास राख्दैनन् , हाम्रो इभेन्टले समाजमा एकै पटक ठुलो परिवर्तन ल्याउन नसक्ला तर त्यो दबिएको,आफुलाई तल्लो स्तरको सोच्ने सोचमा परिवर्तन र आत्मविश्वास बिल्डअप गर्न यो इभेन्टले सहयोग पुग्छ । ’
यस्तै इभेन्टका सल्लाकार रेम रसाइलीले आत्म सम्मान र आत्मप्रेरणा बढाउनको लागि यो इभेन्टले मद्दत पुग्ने आशा व्यक्त गरे । उनले भने, समाजमा आज पनि दलित प्रति हेयको भाव छ ,यो इभेन्टकै कारण देशव्यापी जातीय परिवर्तन आइहाल्छ भन्ने होइन, यो हाम्रो परिवर्तनको लागि सानो प्रयास हो ।, उनले थपे, यही इभेन्टबाट एक जनाको आत्मविश्वास , आत्मप्रेरणा बढ्यो भने पनि समाजसँग लड्नका लागि एउटा योद्धा जन्मिनु हाम्रो लागि सफलता हो । जसले दलित समुदायको प्रतिनिधित्व गर्नेछ ।’
प्रतियोगिलाई बिभिन्न तालिमहरु पब्लिक स्पिकिङ, र्याम्प वाक, मोटिभेसन, सेल्फ डिफेन्स, टेबल म्यानर, आर.जे, भि.जेको ट्रेनिङ, फिल्ड भिजिट, ट्यालेन्ट राउन्ड, एन्टरपेनरसीप लगायतको तालिम दिइएको आयोजकले बतायो ।
आयोजकका अनुसार फिनालेका लागि ५ जनाको निर्णायक टोली रहेको छ भने कार्यक्रमको कोरियोग्राफर स्मिता सुनार हुन् ।
दिउँसो २ बजेदेखि सुरु हुने मिस सुनारको ग्रान्ड फिनाले हेर्नका लागि दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती मुख्य आर्कषणको रुपमा रहेको छ ।चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश सपुत, समीक्षा अधिकारी, देवेन्द्र बब्लु, प्रता दास, मञ्जु वि.क , कविता नेपाली लगायतले आफ्नो प्रस्तुती दिनेछन ।