पोखरा कात्तिक ५ , नन्द न्युज, प्रदेश सभा सदस्य प्रत्यासी उम्मेदवार क्षेत्र नं. १ (ख) – बेद ब. गुरूङ (श्याम) र समानुपतिक प्रदेश सभा सदस्य नन्दा कला नेपाली घरदैलो कार्यकम गर्दै पोखरा महानगरपालिकाको वडा नम्बर १४ मा नेपालिहरुको महान चाड शुभदिपावली ( तिहार ) को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् । उक्त कार्यक्रममा प्रतासी उम्मेदवार वेद बहादुर गुरुङ्ग ( श्याम) बोल्दै वडामा रहेको सुकुम्बासी समस्या समाधान लाई पहिलो पहल गर्ने बताएका छन् । धेरै समस्याहरु मध्ये यो एक प्रमुख समस्या हो । सधैं एउटै समस्या बाट यहाँका वडामा रहेका सुकुम्बासीहरुले बिभिन्न समस्या खेप्दै आईरहेका छन् । अब चाडै सुकुम्बासी समस्या समाधान गर्नु पर्छ । हामी भाग्यमानी हौ । हाम्रो वडामा अन्तराष्ट्रिय विमान स्थल चाडै सुचारु हुने अवस्थामा रहेको छ । विडम्वना यही वडामा सुकुम्बासीहरु जहिको त्यही रहने अवस्थाले हामी सबै पार्टी कार्यकर्ता र नेता लाई आत्मागाल्नी भएको छ । यो हामी सबै पार्टीका नेताहरु ले बुझ्नु पर्ने बेला आएको छ । सबैले मिलेर यो समस्याको समाधान तर्फ लाग्नु पर्छ । चाडै हामी यो क्षेत्रमा अन्तराष्ट्रिय पाहुना भित्राउने तयारीमा छौं । अब हाम्रो गण्डकी प्रदेशको सुन्दरता लाई नियाल्न आउने पाहुनाहरु लाई साँच्चै हाम्रो गण्डकी प्रदेश समस्या मुक्त बनाई अन्तराष्ट्रिय स्तरमा हाम्रो छुट्टै पहिचान बनाउनु पर्ने छ । त्यसैले हामी सबै वडाबासी हातमा हात र साथमा साथ मिलाएर वडा लगायत यो क्षेत्रका सबै समस्याहरु लाई समाधान तर्फ लाग्नु पर्छ । आर्थिकस्तर अहिले विश्वकै खस्केको अवस्था छ । यो बेला हामीले गण्डकी प्रदेशको आर्थिक उन्नतिका लागि युवाहरू लगायत सबैलाई व्यवसायिक र कृषि क्षेत्रमा काम गर्न आवश्यक रहेको छ । हाम्रो वडा नम्बर १४ मा कृषिको निकै सम्भावन रहेको छ । साथै अब अन्तराष्ट्रिय विमान स्थल सुचारु चाडै हुँदैछ। यहांहरु सबै लाई जानकारी नै छ । रोजगारीका लागि अब सधैं विदेश जानु पर्दैन यही आफ्नै प्रदेशमा धेरै कार्य गर्न सकिन्छ । भन्दै यिनै बिषय वस्तुमा आफ्नो विचार राख्दै वडा बासी बीच आउँदै गरेको शुभदिपावलीको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम गर्नु भयो । घरदैलो कार्यक्रम र शुभ दीपावली शुभ कामना आदानप्रदान कार्यक्रम निरन्तर रहने जानकारी रवि क्षेत्री ले जानकारी दिनु भयो ।