Spread the love


पोखरा कात्तिक ६ नन्द न्युज
पोखरा महानगरपालिकाको वडा नम्बर १४ मा एमाले पार्टीले आफ्नो प्रचारप्रसार समितिको कार्यालय स्थापना गरेको छ र प्रदेश सभा सदस्य प्रत्यासी उम्मेदवार क्षेत्र नं. १ (ख) – बेद ब. गुरूङ (श्याम) को प्रमुख आतिथ्तामा आज उद्दघाटन भएको हो ।
आउँदो मंसिर ४ गते लाई विशेष ध्यानमा राखेर विभिन्न वडामा प्रचारप्रसार समिति कार्यालय स्थापना र उद्दघाटनको कार्य तिव्र गतिले हुँदैछ । उपस्थित कार्यकर्ता माझ तिहारको शुभकामना व्यक्त गर्दै उद्धघाटन मा प्रमूख अतिथि रहेका प्रदेश सभा सदस्य प्रत्यासी उम्मेदवार वेद बहादुर गुरुङ्ग (श्याम) ले आफ्ना पार्टीका कार्यकर्ताहरु लाई आउँदै गरको चुनावमा मतदाताहरुको साथमा सधैं एमाले रहने र मतदाताका विकास का कार्य देखि नीति निर्माण पनि नेकपा एमाले पार्टीले मात्र वकालत गर्न सक्ने कुरा बुझाउन पनि अनुरोध गरे ।
प्रतेक बिहान ७ बजे बाट बेलुका ६ बजे सम्म प्रतेक वडाबासीका घरदैलोमा जाने र एमाले पार्टीले मात्र जनताका हितमा काम गर्ने कुरा बुझाउने कार्यक्रम रहेको पस बहादुर बास्तोलाले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *