पोखरा कात्तिक ७ नन्द न्युज,
प्रदेश सभा सदस्य प्रत्यासी उम्मेदवार क्षेत्र नं. १ (ख) – बेद ब. गुरूङ (श्याम) र समानुपातीक उमेदवार नन्दकला नेपालीले तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सङ्गै अन्तरक्रिया कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर १२ मा सम्पन्न गरेका छन् ।
दीपावलीको खुशी जस्तै एमाले पार्टी लाई मतदान गरी जिताएमा ५ वर्षभरि दीपावली नै दीपावली रहने बताएका छन् । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य प्रत्यासी उम्मेवार क्षेत्र नम्बर १ (ख) का वेद बहादुर गुरुङ्ग र समानुपातिक उम्मेदवार नन्द कला नेपालीले आ-आफ्नो विचार राखेका थिए । दलित समुदायको शिक्षा, स्वास्थ, आर्थिक रुपमा समान विकासका लागि नेकपा एमाले पार्टीले सधैं वकालत गर्दै आईरहेको र आगामीक दिनमा पनि समान विकासका लागि नीति नियम बनाउने कार्य एमाले बाहेक अरु पार्टी गर्न नसक्ने समानुपातिक उम्मेदवार नन्दाकला नेपालीले दाबी गरिन् ।
यसै गरी वेद बहादुर गुरुङ्गले अहिले वडाहरु र गण्डकी प्रदेशमा जे जति पनि विकास भएको छ । एमाले पार्टीले नै गरेको सबै लाई जानकारी नै छ ।कृषि , स्वास्थ, सुरुक्षा, शिक्षा विकास र शान्ति कायम गर्नमा एमाले पार्टी सधैं अग्रस्थानमा रहेको बताए । त्यसैले
आउँदै गरेको मंसिर ४ गते लाई ध्यानमा राखि आगामीक विकास र जनताका पक्षमा नीति निर्माण गर्नका लागि एमाले पार्टी लाई मतदान गर्नु आवश्यक रहेको बताए । तिहार पछि तिव्र गतिको प्रचारप्रसारमा पार्टी कार्यकर्ता जुट्ने पस बहादुर बास्तोलाले जानकारी दिनु भयो ।
