मंसिर १ नन्द न्युज स्याङ्जा जिल्लामा रहेका समस्याहरु लाई र स्याङ्जा विकासका नीति नियम निर्माणका लागि आफ्नो उमेदवारी रहेको जानकारी गराउँदै । विनोद बिश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चिन्हमा मतदान गरी समानुपातिक तर्फ आफू र प्रत्यक्ष तर्फ बोधराज रेग्मी लाई विजय गराइदिन अनुरोध गर्दैछन्। यही ४ गते आईबार हुन् गईरहेको चुनावमा युवाहरु लाई साथ दिन र आगामीक ५ वर्षमा शिक्षा , स्वास्थ, रोजगारी , बाटो निर्माण देखि लिएर कृषि क्षेत्रमा आमूल परिवर्तनका लागि नीति नियम निर्माण गर्ने योजना रहेको र आफूहरु लाई मतदान गरी स्याङ्जा जिल्ला विकासको जीत गराउने आशा रहेको छ । स्याङ्जाबासीले अहिले पक्कै पनि युवा लाई मतदान गरी अबको विकासको जिम्मेवारी युवालाई सुम्पिने कुरामा आफूहरु ढुक्क रहेको पनि जानकारी दिनु भयो ।
अहिले हामी सबै स्याङजा बासीहरु लाई जानकारी गराउँदै छौं । अब सारा नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टी लाई देश विदेश बाट आशा गरेको बेला पक्कै पनि स्याङ्जाबासीहरुले पनि यो पटक हामी युवाहरु लाई सेवा गर्ने अवसर दिनेछन् ।
हाम्रो विगत हेर्ने हो भने विगत लामो समय देखि सहकारी क्षेत्र देखि लियर सामाजिक क्षेत्रमा र व्यवसायिक क्षेत्रमा लामो अनुभव समेटिनु भएको छ ।हाम्रो पार्टीका प्रत्यक्ष उम्मेदवार बोध राज रेग्मीले र मेरो आफ्नो व्यवसायिक अनुभव लगायत विभिन्न सामाजिक संघ संस्थामा पनि आबद्धता रहेको सम्पुर्ण स्याङजा बासी लाई जानकारी गराउँदछु ।
अबको समय भनेको सामाजिक क्षेत्रमा ज्ञान र आफ्नो जिल्ला तथा आफ्नो क्षेत्रको भूगोलको जानकारी साथै आफ्नै गाउँ ठाउँ लाई विकास गर्ने युवाको खाँचो रहेको छ । अहिले हामी उपयुक्त पात्र हौ । यो जिल्ला र यो क्षेत्रका लागि । हाम्रो मूल नारा नै रहेको छ । अब जान्ने लाई छान्ने । त्यसैले अब यसपाली स्याङजा क्षेत्र नं १ का सम्पूर्ण मतदाता हरु लाई अनुरोध गर्दछौं । यसपालीको मत हाम्रो घन्टी चिन्ह मा मतदान गरिदिन अनुरोध गर्दछौं ।
अब स्याङजा विकासको जिम्मेवारी हामी स्याङ्जा बासी युवाहरु को रहेको र सम्पुर्ण युवाहरू लाई स्याङजा जिल्ला विकासको लागि एक हुन् अनुरोध गर्दछौं ।

