सम्वादाता नन्द न्युज डट कम मंसीर ७,
कञ्चनपुर जिल्ला नेपाली काग्रेस पार्टीका लोकप्रिय नेता रमेश लेखक पुन भारीमतले प्रतिनिधि सभा सदस्य विजयी भएका छन् । जनताले मेरो विगतमा गरेका कामको उचित मूल्यांकन गरेको र आगामी दिनमा पनि जनताका पक्षमा निरन्तर काम गर्ने बताएका छन्। साथै सम्पुर्ण मतदाता र सम्पुर्ण साथ सहयोग गर्ने लाई आभार व्यक्त गरेका छन् । प्रदेश नम्बर ७ को विकास का लागि आफ्नो पक्ष बाट सधैं उभिने बताएका छन् ।
कन्चनपुर जिल्लाको क्षेत्र नम्बर ३ मा कुल मत ५७७५८ खसेको मतमा ३०५२३ मत रमेश लेखकले प्राप्त गरेका थिए भने १८४४८ मत निरु पालले प्राप्त गर्दै गर्दा १२०८५ मतको मतान्तरले विजयी हुनु भएको जानकारी संचारकर्मी निरज पन्तले जानकारी दिनु भयो ।