नन्द न्युज डट कम मंसिर १०,पोखरा जेसिजको अध्यक्षमा गणेश गिरी निर्वाचित भएका छन् ।
संस्थाको ४३ औं शाखा अधिवेशन तथा ४८ औं साधारणसभा द्वारा गणेश गिरी अध्यक्षमा पदमा निर्वाचित भएका हुन् ।
पोखरा जेसिजको विभिन्न पदीय जिम्मेवारी बहन गर्दै २०२३ का लागि संस्थाको अध्यक्षको जिम्मेवारी पाउनु भएको छ । संस्थालाई थप उचाईमा पुर्याउन संस्थामा आबद्ध सदस्यहरु लाई अनुराेध गर्नु भएको छ ।
पोखरा जेसिज संस्थाको ४३ औं शाखा अधिवेशन तथा ४८ औं साधारणसभा आफ्नै संस्थाको सभाहल रानीपौवामा सम्पन्न भएको हो ।
