नन्द न्युज मंसिर २९,शाहरुख खान र दीपिका पादुकोणको फिल्म पठानको पहिलो गीत बेशर्म रंग ट्रोल भइरहेको छ । यसका थुप्रै कारण छन् जस्तै दीपिका पादुकोणको डान्स स्टेप्स र जैनको मकिबा गीतको धुन चोर्नु । सोसल मिडियामा दीपिकाको डान्स स्टेप्सको निकै रोचक मिम्स बनाइँदैछन् । सोसल मिडियामा गीत बेशर्म रंग ट्रेन्ड भइरहेको छ ।
बेशर्म रंगमा दीपिका पादुकोणको बोल्ड र ग्ल्यामरस अवतार देखियो । दीपिकाको यो डान्सलाई धेरैले मन पराइरहेका पनि छन् । बेशर्म रंगको कोरियोग्राफीलाई पनि निकै नोटिस गरिँदै छ । यस्तोमा मिम्स बनाउनेहरुले के छोड्लान् ? उनीहरुले बेशर्म रंगमा दीपिका पादुकोणको हुक स्टेप्समाथि मिम्स बनाए । दीपिकाको एउटा डान्स स्टेप छ जसमा उनी झुकेर ट्वर्क गरिरहेकी छिन् । गित रिलिज भएपछि यो हुक स्टेपलाई मानिसहरुले निकै याद पनि गरे । अब यसमा रोचक मिम्स बनिरहेका छन् ।