नन्द न्युज डट पुस ३,पोखरा महानगरपालिका वडा नं. १७ ले गर्भवती महिलाहरुलाई पोषण प्याकेज बितरण गरेको छ । नियमित रुपमा शहरी स्वास्थ्य केन्द्र पोखरा १७ मा जाँच गराउने ६५ जना गर्भवती महिलाहरुलाई पोषण प्याकेज बितरण गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं. १७ का नव निर्वाचित जनप्रतिनिधिहरुको पदस्थापना गर्ने बेलाको पहिलो निर्णय पनि हो । सोही अनुरुप २०७९ र ०८० को वडाको बजेटमा गर्भवती महिलाहरुलाई पोषण प्याकेज बजेट छुट्टाइएको थियो ।
प्याकेजमा एक क्यारेट अण्डा, आधा के.जी.घ्यू , आधा के.जी. हर्लीक्सको , न्यानो कपडा र एक के.जी. क्वाटी रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष राधिका शाही , वडा सदस्यहरु बिक्रम गुरुङ्ग, शिवराम भण्डारी ,विष्णु थापा र तारा परियारको उपस्थिती रहेको थियो
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष राधिका कुमारी शाहीले स्वस्थ्य आमा र निरोगी शिशु बनाउने उद्देश्य अनुरुप यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिदै आफ्नो कार्यकाल भरी नियमित रुपमा शहरी स्वास्थ्य केन्द्रमा चेकअप गर्ने गर्भवती महिलाहरुलाई चौमासिक रुपमा पोषण प्याकेज प्रदान गरिने बताइन् ।