Spread the love

नन्द न्युज पुस ९, बंगलादेश मूलकी लेखिका तसलिमा नसरिनले अभिषेक बच्चन आफ्ना पिता अमिताभ बच्चन झैँ क्षमतावान् नभएको भनी टिप्पणी गरेकी छिन् । यसको जवाफमा अभिषेकले तसलिमाको समर्थन गरेका छन् ।

तसलिमा नसरिन सोसल मिडियामा निर्धक्क बोल्ने आफ्नो शैलीका लागि परिचित छिन् । हालै उनले लेखेकी छिन्, ‘अमिताभ बच्चन जी आफ्ना छोरा अभिषेक बच्चनसँग यति प्रेम गर्छन् कि उनलाई लाग्छ कि उनका छोराले उनको सबै क्षमता जन्मजात पाएका छन् र उनी उत्कृष्ट छन् । अभिषेक ठिकै छन् तर अमित जी जत्तिको क्षमतावान् छैनन् ।’

यसमा अभिषेकले जवाफ दिएका छन्, ‘बिल्कुल सही, म्याम । क्षमता वा कुनै पनि चिजमा उनको नजिक कोही पनि आउन सक्दैन । उनी सधैँ उत्कृष्ट रहिरहनेछन् । मलाई उनको छोरा हुनुमा गर्व छ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *