Spread the love

नन्द न्युज पुष ९,यसपालीको पोखरा महोत्सव २ देखि ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान रहेको युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले बताएका छन्। विगत भन्दा फरक ढङ्गले यसपालीको महोत्सव हुने बताएका छन् । जस मध्ये यसपाली कृषि तथा हस्तकलाका स्टलहरु लाई विशेष छुट प्रदान गरिने बताएका छन् ।

१३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेको र सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन । महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ ।

महोत्सवमा अपा·, वृद्धवृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार,सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई (पोषाक अनिवार्य) वनका कार्मचारीलाई निःशुल्क प्रवेश गराईनेछ । साथै पर्यटन प्रर्वद्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराइने समेत प्रचार प्रसार संयोजक सुनारले वताए । त्यस्तै कृषि तथा हस्तकलाका स्टलहरुलाई विशेष छुट प्रदान गरिने भएको छ । १३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेको र सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन । महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ ।

महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको प्रचार प्रसार संयोजक दिनेश सुनारले वताए ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन ।

महोत्सवको आकर्षणको रुपमा राष्ट्रिय स्तरका कलाकारहरुद्धारा दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याण्डहरुको लाइभ कन्सर्ट, हांस्य ब्यङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, प्रदेश स्तरिय लोक दोहोरी गीत प्रतियोगिता, झांकी प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए ।

महोत्सवमा शौचालयको ब्यवस्था, निशुल्क वाइफाइको ब्यवस्था, अग्नि, चट्याङ, भुकम्प, हुरीबतास, हुलदंगा बिमाको ब्यवस्था, प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको ब्यवस्था, पार्किङको उचित ब्यवस्था र प्रत्येक स्टललाई एक थान टेवल र दुई थान कुर्चीको ब्यवस्था गरिएको छ ।

सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले महोत्सवको सफलताको कामना गर्दै सुरक्षालाई विशेष ध्यान दिन आग्रह गरिन । उनले महोत्सवकै आयोजना गरी सामाजिक काममा लागेर पोखराकै अब्बल संस्था बन्न पुगेको उनको भनाइ रहेको थियो । पत्रकार सम्मेलनमा स्वागत मन्तब्य राख्दै युनाईटेड क्लवका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले पोखरा महोत्सव सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सवैले सहयोग गरी युनाईटेडको सामाजिक अभियानमा भाग लिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *