Spread the love

नन्द न्युज डट कम् माघ १२,

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखराले आज एक कार्यक्रमका बिच मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ। दुई बर्ष अगाडी गुराँस लाइफ इन्स्योरेन्स कम्पनिमा जीवन बीमा गर्नुभएका बीमीत स्व सुदिप गौतमको परिवार कविता अर्याललाई कम्पनीका बरिष्ठ क्षेत्रिय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले २८, ९७, ३२४ /रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ। मर्दि ट्रेकका पायोनियर ब्यक्तिको रुपमा चिनिने पर्यटन ब्यवसायी गौतम मर्दि हाइक्याममा होटलमा खानेपानी पाइप मर्मत गर्न जाँदा गत असोज महिनामा लडेर मृत्यु भएको थियो। उक्त कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई ,एजेन्सी मेनेजर रोमहर्षण पौडेल, एजेन्सी मेनेजर सुरेन्द्र मोहन अधिकारी, एजेन्सी लिडर बिकल तिमिल्सेना, लिडर मनिषा खाँण लगायतलेआफ्नो धारणा राख्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *