नन्द न्यूज डट कम २७ ,पोखरा २ मा रहेको लिटिल लर्नस मन्टेश्वरी एब्म लाभिन् रेसिडेन्सियल स्कुलको १० औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
गएको शुक्रवार र शनिवार २ दिन सम्म बिद्यालय परिसरमा बिबिध सास्कृतिक एब्म बिभिन्न शैक्षिक प्रर्दशनि सँगै बिद्यालयले बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।
कार्यक्रममा पुर्व सभासद तथा नेपाली काग्रेंसकी नेत्री शारदा पौडेले बिद्यालयले शैक्षिक क्षेत्रमा गरेको कार्यको प्रंससा गरिन । विद्यालयले पढाइको अलावा खेलकूद, संगीत, कला नृत्य जस्ता विषयकोसमेत कक्षा सञ्चालन गरी विद्यार्थीको रुचि र क्षमताअनुसार पठन पाठनलाई जोड पर्ने उनको भनाई रहेको थियो ।
शिक्षा महाशाखा पोखराका प्रमुख हेमप्रसाद आचार्यले निजि बिद्यालयहरुमा पनि लाभिन्ले शिक्षाको क्षेत्रमा पुराएको योगदानको प्रसंसा गरे ।

बिद्यालयका सस्थापक दिपु भारीले अवको युग बिज्ञान र प्रविधीको युग भएको उल्लेख गर्दै युग अनुसारको व्यबहारिक शिक्षा आवश्यक रहेको
बताए ।उनले बिद्यालय शिक्षा वेरोजगार जनशक्ति उत्पादन गर्ने साधन नभई पूर्ण रोजगार मुलक र असल नागरिक उत्पादन गर्ने साधन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रिन्सिपल रोजिना भारीले विद्यालयको प्रतिवेदन, आगामी कार्यक्रम र विगतमा विद्यालयले हासिल गरेका उपलब्धिहरुबारे जानकारी दिइन् ।
कार्यक्रमको सञ्चालन विध्यालयका छात्र आत्मिक भारीले गरेका थिए ।