Spread the love

नन्द न्युज डट कम ७ गते, ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियो बुधबार सार्वजनिक गरिएको छ। आमाको मुख हेर्ने दिनको अवसरमा गीत लोकापर्ण गरिएको हो।

सञ्चारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा पोखरेली गायक विनोद बानियाँको स्वर छ। भिडियोको निर्देशन नेत्र गुरुङले गरेका हुन्। गीतकार मल्लले आफ्नो पेसा सञ्चारकर्म भए पनि साहित्य रूचीको विषय भएको बताए।

मल्लले सन् २०१५ मा मातातीर्थ औंशीका दिन आमालाई समर्पण गरेर लेखेको कविता आठ वर्षपछि श्रोता÷दर्शक माझ ल्याउन पाउँदा खुसी लागेको बताए।
कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले आमा शब्द आफैमा महान भएको बताए। सानैमा आमा गुमाएकाले आमा भन्ने बित्तिकै गला अवरूद्ध हुने गरेको उनले सुनाए। नेपाल आमा सबैभन्दा दुःखी रहेको भन्दै श्रेष्ठले नेपाल आमाको मुहारमा खुसी दिन सक्नुपर्नेमा जोड दिए।

पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले आम मानिसले बाँचेको जीवनको पाटोलाई गीतले समेटेको बताए। प्राज्ञ तथा वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले आमा शब्दको महिमा विशाल रहेको भन्दै गीतको म्युजिक भिडियो हेर्दे गर्दा आफ्नो आमाको दुःखलाई सम्झिएको बताइन्।

गायक विनोद बानियाँले कविता निकै मन परेकाले गीतका रूपमा ल्याउन पाउँदा खुसी लागेको बताए। कास्कीकोटमा छायांकन गरिएको गीतको भिडियोमा खिमकुमारी सुवेदी र अनिल कार्कीको अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *