Spread the love

नन्द न्युज डट कम पार्वती थापा र दिपेश लामाको आवाजमा ‘जुग जाने मायाँ’ बोलको गीत सार्वजनिक भएको छ ।

गायिका पार्वती थापाको शब्द र दिपेश लामाको संगीत रहेको उक्त गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन् ।

भिडियोमा हिरा बहादुर गुरुङ र मोनीका गुरुङ लगायतका अन्य कलाकारहरुको अभिनय तथा नृत्य रहेको छ । नेत्र गुरु र दिपेश केसीको छायांकन रहेको उक्त गीतको भिडियालाई कमल बहादुर गुरुङले निर्देशन गरेका हुन् ।उक्त गीतको छायांकन हिमाल गुरुङको नेतृत्वमा कास्किको सुन्दर गाउ माछापुच्छ्रे गाउँपालिका २ चौरागाउँमा गरिएको हो ।

सो गीत गायक दिपेश लामाको अफिसियल युटुब च्यानलबाट बजारमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *