असोज ११ गते नन्द न्युज डट कम्
भावना सम्राट उपाधिबाट अलौकिक कवि देशभक्त सिंह कुँवर सम्मानित भएका छन् ।
उनले पोहोर सालमा मात्रै विभिन्न साहित्यिक संस्थाहरुबाट साहित्य सम्राट, वाङ्मय सम्राट, संचार सम्राट उपाधि लगायत दर्जनौं अमुल्य उपाधिहरु उच्च सम्मानका साथ पाईसकेका छन् भने दर्जनौं संघसंस्थाहरुद्वारा अभिनन्दित पनि भैसकेका छन् ।
यसपालि उनलाई एमडि कल्चरल ग्रुप नेपाल परिवारले पोखराको एक सभ्य एवं भब्य संमान समारोहमा भावना सम्राट उपाधिबाट सम्मानित गरेको हो ।
विगत चारदशक भन्दा बढी लामो समयदेखि कलाकारीता , साहित्य , संगीत , पत्रकारिता र संचार उधेमीको क्षेत्रबाट नेपाल राष्ट्रलाई उल्लेखनीय योगदान गरेबापत र विशेषगरि थोरै बसाइमा पनि साहित्य र संगीतका सृजनाहरु प्रचुर मात्रामा सृजित गर्नसक्ने अदभूत कला भएका कारणले पनि उनलाई उक्त उपाधिले सम्मान गरिएको आयोजकले बताएको छ ।
अलौकिक कविले सयौं गीतमा आफ्नो आवाज भरीसकेका छ्न् भने दर्जनौं चर्चित गीतमा मोडलिङ्ग समेत गरेका छन् गएको बैशाख महिनामा उनको नेपाली साहित्यको ईतिहासमै पहिलो पुर्णिामा काव्य संग्रह मानवता लोकार्पण भएर बजारमा आईसकेको छ ।
उनको यो पन्ध्रौं कृति हो । अलौकिक कवि देशभक्तले एक घण्टा , डेढघण्टा , दुई घण्टा , एकरात , एकबिहान , एकपुर्वान्ह ,एकमध्यान्ह ,एकदिउँसो , एक अपरान्ह , एकसाँझ , एक बेलुकी लगायत विभिन्न समय अबधिका दर्जनौं कृतिहरु लेखिसकेका छन् उनको पछिल्लो केहि कृतिहरु बजारमा आउन लागेको अलौकिक कवि देशभक्त सिंह कुँवर प्रतिष्ठान नेपाल परिवारका साथै उक्त प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा . डा यमबहादुर पौडेल क्षेत्रीले जानकारी दिएका छन् ।
अलौकिक कवि देशभक्तका विचारमा मान – सम्मान आफैमा गौरवको बिषय भएकाले अझै आगामी दिनमा साहित्यका सृजनाहरु उत्कृष्ट ल्याउने प्रयासमा आफू रहेको र संमान गर्ने संघसंस्था र नागरिकहरुपर्ती आफू कृतज्ञ रहेको बताएका छ्न् एक मुठी सास रहुन्जेलसम्म पनि साहित्य सृजनामा लागिरहने उनको भनाई रहेको छ ।