Spread the love

नन्द न्युज डट कम कात्तिक १, घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ को छायांकन ३० दिनमा सकिएको छ।

छायांकन सकिएलगत्तै फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ। यो फिल्म पुस २७ गतेदेखि नेपाल र अष्ट्रेलियामा रिलिज गरिने फिल्मका निर्माता तथा कलाकार सन्तोष अधिकारीले जानकारी दिए।

सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्ममा एक रिटायर्ड बाबु र छोरीको कथालाई देखाइने छ।

फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ।

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा छ। महेश पौडेलले छायांकन गरेको फिल्मलाई सन्देश शाहले सम्पादन गरेका हुन्। 

केदार पराजुली (श्री कृष्ण फिल्म्स) ले यो फिल्मको नेपालभरको वितरणको जिम्मा लिएका छन्। फिल्मको अष्ट्रेलिया अधिकार अविनास रोका मगरले लिइसकेका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *