Spread the love

नन्द न्युज डट कम,२५ साउन – शुक्रबार  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले भेरी अस्पतालको इन्डोर भवन र एमआरआई सेवाको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकारी अस्पतालहरुमा भएको क्षमतालाई प्रयोग गरेर प्रभावकारी बनाउन आग्रह समेत गरेका छन् ।

मन्त्री पौडेलले न्यूनतम जनशक्ति र उपकरणको उपलब्धतालाई उचित ब्यवस्थापन गरेर भए पनि गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिए । यस्तै अस्पतालले शुक्रबारबाट  अनलाइन टिकट काट्न सक्ने व्यवस्थाको समेत शुरूवात गरेको छ ।

अस्पताल विकास समिति अध्यक्ष बिरेन्द्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापा,  संघीय सांसदहरु सूर्य ढकाल, आशा विक र दीपा शर्मा, कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, अस्पताल बिकास समिति सदस्य डा.डक्ट प्रसाद धिताल , नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट लगायत स्वास्थ्यकर्मिहरुको उपस्थिति थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *