Spread the love

नन्द न्यूज डट कम गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेल लोक गीत तर्फ २०८१ को उत्कृष्ट मोडल बन्न सफल भएका छ्न्। सेलिब्रेटी नेपालको आयोजनामा बिराट म्युजिक अवार्ड २०८१ ले आयोजनामा नेपाल चलचित्र बिकाश बोर्डमा भएको कार्यक्रममा भुवन लगायत दर्जनौं कलाकारले अवार्ड हात परेका थिए ।

“सिर सिर पिपल पातले”बोलको गीत बाट उनी बेस्ट लोक मोडल २०८१ घोषणा भयका थिए। प्रमुख अतिथि पुर्वमन्त्री माननीय प्रकाश ज्वाला बिशेष अतिथि चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डि सि लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा कला क्षेत्र सङ्ग आबद्ध विभिन्न ब्यक्तीहरुलाइ नगद सहित सम्मान पत्रले सम्मान गरियको थियो।
। चार दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरीसकेका भुवनले पछिल्लो समयमा “सहरिया बुहारी” र दया नामको लोकप्रिय टेलीसीरियलमा अभिनय गर्दै आइरहेका छ्न् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *