नन्द न्यूज डट कम् नेपाल मणिपाल शिक्षण अस्पातल पोखरा र सुदुरपश्चिम संपर्क एबम बिकास समाज बिच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज अन्तर्गत ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र सुदुरपश्चिम संपर्क एबम बिकास समाज बिच सहमति भएको हो । मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत श्री अनिल अडुविल ज्यु र सुदुरपश्चिम संपर्क एबम बिकास समाजको तर्फबाट अध्यक्ष श्री निरज पन्त ज्युले सहमती पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
मणिपाल शिक्षण अस्पातलले नागरिकहरुको स्वास्थ्यको ख्याल राख्दै बिभिन्न प्रकारका स्वास्थ्य परिक्षण योजनाहरु समेत ल्याएको छ ।