नन्द न्युज डट कम् हातको सिन्दूर’ बोलको आधुनिक गीत युट्युबमा सार्वजनिक गरिएको छ।
जनता समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री मिर्गेन्द्रकुमार सिंह यादवले गीत सार्वजनिक गरेका हुन्। कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतको उपस्थिति रहेको थियो। उक्त गीतको म्युजिक भिडियो विनोद दनुवार अफिसिअल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गायक विनोद दनुवार र गायिका सुनिता तिम्सिनाको स्वरमा सजिएको यस गीतको शब्द/सङ्गीत सन्तोष श्रेष्ठले गरेका हुन्।
उक्त गीतमा अहिलेका चर्चित मोडल भुवन के पोखरेलको अभिनय रहेको छ। भुवनले हालसम्म ३ दर्जन बढी म्युजिक भिडियोका साथै लोकप्रिय टेलिसिरियलहरूमा काम गरिसकेका छन्।
सुरेश थापाले निर्देशन गरेको गीतमा भुवनसँगै लक्ष्मी सुनारको अभिनय देख्न सकिन्छ।